Thursday, August 26, 2010

धन्यवाद्

धन्यवाद् हामी संग जुड़ने सबै साथी हरु लाइ मुरी मुरी धन्यवाद् !
साथी हजुर हरु को सहयोग देखेर र हजुर को बिचार हरु देखेर हामी ले सोचेको ” एक सुनौलो नेपाल ” को सपना छिटो नै पूरा हुन्छ जस्तो लाग्छ ! साथी हरु को बिचार हरु को साथ साथ कही आलोचना हरु पनी आई राखेको छ – कती साथी हरु को कुरा ले अली कती हतोत्साहित पनी गर्दछ तर पनी आलोचना हरु बाट एक मनोबल , मानसिक शक्ति प्राप्त गर्ने कोशिश गर्दै गई राखेको छू र आज यो देखेर हर्ष भई राखेको छू की आज बिकास , शांति , शिक्षा , रोजगार, अहिंसा , को लागी सबै युवा हरु एक जुट भई अगाडी आउनु भयको छ र सब भन्दा ठुलो कुरा हिजो सम्म जहा पहाड़ी मधेसी हिन्दू मुस्लिम भनेर फुटेको समुदाय थियो तेस लाइ हामी एक सूत्र मा बाधन को लागी युवा नेपाल संगठन नाम को माध्यम ले एक नेपाली भनेर
चिन्याउन प्रयत्नशील छौ र तेस्को नै प्रतिफल हो की आज हामी संग हिन्दू ,मुस्लिम , इसाई , बुद्धिस्ट , सिख , पारसी, पहाड़ी , मधेसी , हिमाली , दलित ,तागाधारी, थारू , मंगोल , मारवाड़ी , प्रत्यक समुदाय को साथी भाई हरु एक भई जुडेका छन –
भाईचारा को लागी , शांति को लागी, बिकाश को लागी , अनेकता मा एकता को लागी , भोली को सुनौलो नेपाल को लागी , देश प्रेम को लागी ,मातृभूमि को लागी ,, नेपाली आमा को दूध को ऋण पूरा गर्न को लागी
,,,,,,,,,,,,,,,,

सम्पूर्ण YNS परिवार हजुर हरु को हार्दिक अभिनन्दन गर्द छ
….

हामी लाइ यसरी नै साथ दिदै गर्नुस,,,,,,

हाम्रो नेपाल एक सुन हो र तेस मा सुगंध भरने काम हामी युवा हरु को जिम्मा
हो !

जय नेपाल जय मातृभूमि

No comments:

Post a Comment