Thursday, August 26, 2010

हामी सबै नेपाली नागरिक हौ !

हामी सबै नेपाली नागरिक हौ ! सम्पूर्ण राष्ट्र नेपाल हाम्रो घर हो -- हामी देश को कुनै पनि कुना मा गयर बस्न स्वतंत्र छौ ! हाम्रो देश भौगोलिक रुप मा अनेकौ भाग म बाडीयको छ् जसरी हिमाल, पहाड, तराइ मधेश ठीक त्यसरी नै हाम्रो नेपाल मा अनेकौ जाती र जनजाती हरु छन्,कही हामी शेर्पा,भोटे,लामा भनी चिनिन्छौ त कही बाहुन छेत्री भनी कही हामी थारु सम्प्रदाय को भनी त कही भुमिहार कायस्थ ठाकुर भनी चिनिन्छौ तर हामी लाई गर्व छ् कि हामी अनेकौ भये पनि एक छौ !
ईतिहास लाई निहाली हेर्दा हामी विश्व म कही वीर गोर्खाली भनी चिनिन्दा सिर गर्व ले भाव भिव्होर हुन्छ त कहिले हामी लाई बुद्ध र सिता माता को सन्तान र शान्ती को धव्जवाहक भनिन्छ !
कहिले हाम्रो मङौल्वाद को ईतिहास लाई हेर्दा छाती विरता ले गौरवान्तित हुन्छ ! यहाँ अनेकौ धर्म हरु को सँगम लाई बुझ्दा नेपाल स्वभाविक रुप माँ स्वर्ग प्रतित हुन्छ ,यहा हिन्दू धर्म ले मर्यादा र् कर्म को सन्देश दिन्छ भने मुस्लिम धर्म ले आपसी भाईचारा को त बुद्धिस्ट ले अहिन्सा को भने इसाइ धर्म ले शान्ती को !
यस्तो पुन्य भुमी लाई जन्म लियको सम्झिदा जीवन सफल भयको प्रतित हुन्छ ! भौगोलिक रुप माँ हेर्ने हो भने हामी कही पहाडी त कही मधेशी त कही हिमाली को रुप म चिनिन्छौ ! तर हामी लाई गर्व छ् कि हामी जहाँ भय पनि हामी नेपाली हौ ! तेस कारण छोडौ यो सधैं को झगडा र बन्द हड़ताल ! देश मा शान्ती लेयाउने पर्यास गरौ आउनु होस् आज यो मुटु लाई जोडी देश लाई युवा बनाउ ,,

शान्ती पूर्ण नेपाल र आउने हाम्रा भविश्य को लागि अनुरोध छ्
युवा नेपाल संगठन (YNS) हजुर को निम्ती

Email id : yuvanepalsangathan@gmail.com
जये नेपाल जये मातृभूमी
युवा नेपाल संगठन (YNS)

No comments:

Post a Comment