Monday, February 21, 2011

"युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना"


(Contant From : http://rajendragautam.webnode.com)
(Writer : राजेन्द्र गौतम(सदस्य, युवा नेपाल संगठन (युनेसं) )
(Dated : 2011-02-11 08:00)

तपाईं आफुले आफैलाई प्रश्न गर्नुस कि, म कुन इस्तर को ब्यक्ती हु ? अनि बिष्लेषण पनि र देशलाई सम्झनुस्, मनन गर्नुस देशले मलाई के दियो ? यति त हो म नेपाली त्यही बिस्वको सिखर सगरमाथा अनि शान्तिका अग्रदुत गौतम बुद्ध जन्मियको देशको नागरिक ! तर त्यही हिजको नेपाल हो जो आज राजनीतिक अन्योलको चेपेटामा परिरहेको छ ! देश लुटिएको छ, जहाँ नेपाली भेनेर सिर झुकाउनु बाहेक केहि गर्न सकिएको छैन ! राजनीतिक दलहरुको ब्यक्तिगत स्वार्थ, फितलो सुरक्षा प्रसासन्, कानुन र बैदेशिक हस्तछेप मुल कारक बनिरहेका छन!

देशमा ठुला ठुला राजनीतिक परिवर्तन नभएका होईनन् ! २०४६, २०६२-६३ अनि यस बिचको १० बर्से सशस्त्र आन्दोलनमा हजारौं हजार सहिद हुन तयार भय केवल देश र जनताको लागि ! यो त्यही देश हो जहाँ देश र जनताको हितका लागि पार्टीहरु खोलिएका छन ! सेवाको नारा बोक्दै करोडौं बिदेशी डलर पचाउनी काम भई रहेको छ ! शिक्षाको नाममा राजनिती अनि कुर्चीको लागि लडाइँ ! नेपालमा राजनीतिक परिवर्तन ल्याउनको लागि युवाहरुले दिएको प्रत्यक कदम कदमको साथलाई सोभाबिक मानिए पनि युवाहरुलाई नेतृत्व तहसम्म पुग्न नदिनु राजनीतिक दलको गम्भिर स्वार्थ मान्न सकिन्छ!

नेपाल त्यही देश हो जहाँ मानबले मानव्लाई किनबेच गर्छ -बस्तु सरी, फटाह र गुन्डाहरु किनिन्छ यहाँ, लाइसेन्स, पासपोर्टको त कुरै छोडौं, कानुन पनि किनियको छ ! त्यत्तिले पनि नपुगेर भबिष्य निर्माणको ज्योती "शिक्षा" किनिएको छ यहाँ ! हुने खानेको लागि रजाइ गर्ने थलो बनेको छ हाम्रो देश नेपाल ! फटाह, डकैती अनि हत्याको आरोप लागेकालाई संरक्षण दिन पछी हट्दैन सरकार ! आखिर राज्य, किन जनता माथि खेलवाड गरी रहेको छ ? सागर सरी राजनीतिक परिवर्तनको लागि उर्लिएका युवाहरुको भावनालाई किन बुज्ने कोसिस गर्दैन सरकार ? किन हजारौ हजार युवाहरुलाई देश भित्रै रोजगारको ब्यबस्था गर्न सक्दैन ? किन महिला, दलित्, जनजाति लगायतका बर्ग माथि सोसन हुँदा समेत रमिते बनेर हेरी रहन्छ सरकार ? गास्, बास र कपासको निती लिएर अगाडि बढिरहेका राजनीतिक दल र सरकार प्रमुखहरु किन अगाडि बढ्न सकी रहेका छैनन् ? त्यसैले त भन्न मन लाग्छ यो पहुच, पावर र राजनीतिमा फेल भएका नेताहरुको देश हो !

जस्को सरकार आयपनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सकिरहेका छैनन् ! युवाहरुलाई देशको सक्तीको रुपमा लिने गरिन्छ ! नयाँ सोच्, नयाँ बिचार, नयाँ नेतृत्वलाई बर्तमान राजनीतिक समाधानका बिकल्पहरुको रुपमा लिन सकिन्छ ! त्यसैले युवा बिना परिवर्तन असम्भव छ ! युवा जागरणको लागि धेरै सामाजिक संघ संस्थाहरु उदाय यहाँ ! राजनीतिक पार्टीको संरक्षणमा धेरै युवा जस्ताहरु खोलिए अनि क्याम्पसहरुमा बिद्यार्थीको नाममा राजनीति भईरहेको छ ! तर एती हुँदा समेत किन युवाहरु नेतृत्वतह सम्म पुग्न सकिरहेका छैनन ? किन शिक्षाको केन्द्रलाई राजनीति गर्ने भाडो बनाइएको छ ?

अरु भन्दा फरक हुनु पर्छ हाम्रो आदर्श र निती ! आफ्नो परिवारिक स्वार्थ र घमन्डलाई त्यागेर युवा, जनता र देशको हितमा काम गर्न सक्नु पर्छ हामीले ! हतियार र बलको घमन्डबाट होईन बुद्धि, बिबेक र कलमको संघर्शलाई आत्मसाथ गर्दै युवा संस्थामा मात्र सिमित होईन एक जिम्मेवर निकायसम्म पुग्ने कोसिस गर्नु पर्छ ! देशलाई ढोकिरहेको बैदेशिक हस्तछेपकारी जालोलाई चिर्दै युवा नेपाल संगठन (युनेसं) एक नमुना युवा संस्थाको रुपमा परिचित हुन सक्नु पर्छ ! तब मात्र हामीले सोचिरहेको परिवर्तनशिल नेपालको परिकल्पना मात्र होईन एक समृद्ध नेपालको निर्माण गर्न सक्छौं !

त्यसैले सम्पूर्ण ब्यक्तिलाई युवा नेपाल संगठनको अभियानमा जुट्न हार्दिक आग्रह गर्दछु !

- By राजेन्द्र गौतम
(सदस्य, युवा नेपाल संगठन (युनेसं) )

Thursday, August 26, 2010

धन्यवाद्

धन्यवाद् हामी संग जुड़ने सबै साथी हरु लाइ मुरी मुरी धन्यवाद् !
साथी हजुर हरु को सहयोग देखेर र हजुर को बिचार हरु देखेर हामी ले सोचेको ” एक सुनौलो नेपाल ” को सपना छिटो नै पूरा हुन्छ जस्तो लाग्छ ! साथी हरु को बिचार हरु को साथ साथ कही आलोचना हरु पनी आई राखेको छ – कती साथी हरु को कुरा ले अली कती हतोत्साहित पनी गर्दछ तर पनी आलोचना हरु बाट एक मनोबल , मानसिक शक्ति प्राप्त गर्ने कोशिश गर्दै गई राखेको छू र आज यो देखेर हर्ष भई राखेको छू की आज बिकास , शांति , शिक्षा , रोजगार, अहिंसा , को लागी सबै युवा हरु एक जुट भई अगाडी आउनु भयको छ र सब भन्दा ठुलो कुरा हिजो सम्म जहा पहाड़ी मधेसी हिन्दू मुस्लिम भनेर फुटेको समुदाय थियो तेस लाइ हामी एक सूत्र मा बाधन को लागी युवा नेपाल संगठन नाम को माध्यम ले एक नेपाली भनेर
चिन्याउन प्रयत्नशील छौ र तेस्को नै प्रतिफल हो की आज हामी संग हिन्दू ,मुस्लिम , इसाई , बुद्धिस्ट , सिख , पारसी, पहाड़ी , मधेसी , हिमाली , दलित ,तागाधारी, थारू , मंगोल , मारवाड़ी , प्रत्यक समुदाय को साथी भाई हरु एक भई जुडेका छन –
भाईचारा को लागी , शांति को लागी, बिकाश को लागी , अनेकता मा एकता को लागी , भोली को सुनौलो नेपाल को लागी , देश प्रेम को लागी ,मातृभूमि को लागी ,, नेपाली आमा को दूध को ऋण पूरा गर्न को लागी
,,,,,,,,,,,,,,,,

सम्पूर्ण YNS परिवार हजुर हरु को हार्दिक अभिनन्दन गर्द छ
….

हामी लाइ यसरी नै साथ दिदै गर्नुस,,,,,,

हाम्रो नेपाल एक सुन हो र तेस मा सुगंध भरने काम हामी युवा हरु को जिम्मा
हो !

जय नेपाल जय मातृभूमि

छौ हामी बिदेश तर पनी - नेपाल मै छ मन !!

छौ हामी बिदेश तर पनी - नेपाल मै छ मन !!

रितिन्न माया मातृभूमि को - हुन्छ पीढ़ा झन झन !!!

हुन पर्दछ दीर्घ शांति नेपाल माँ - प्रगति र उन्नति !!
...
बुद्द , भिर्कूटी , सीता पनी थीय - नेपाल कै संतति !!!

न बगुन धरा कतई रगत का - काट मार हिंसा हरु !!

चाहिन्न आसू नेपाल भूमि माँ - चाहिन्छ शांति बरु !!!

जय मातृभूमि नेपाल

युवा नेपाल संगठन (YNS)

राज छेत्री

अब यही आवाज बुलंद होस

कवी ह्रदय भयको मानिस न धरती माँ बसन पाय , न आकाश माँ उडन पाय , बादल
जस्तो जिंदगी भरी रुने श्राप पाय !

यो राजनैतिक श्राप के आस्तित्व छ नेपाली जनता को ! आज पनी स्थिर राजनितिक
आस्तित्व को खोजी माँ छ नेपाली नागरिक ! हामी श्रापित भयका छू यी राजनैतिक
...अस्थिरता ले ! के कारण होला , किन यो देश को जनता यति बिभाजित छ ! किन यो
देश को नागरिक अनेकता माँ धेरै नै रामाउने गर्द छ र एकता संग डराउने गर्द छ
! किन यो देश माँ अझै सम्म राम्रो भविष्य दिन सकने राजनितिक आस्तित्व को
खोजी हुन सकेको छैन ! किन परिभाषित भयको छैन नेपाली को राम्रो राजनैतिक
आस्तित्व ! अब यही आवाज बुलंद होस की त जिउदै मरन पर्छ - की त मरेर जिउन
पर्छ - सहेर हुदैन केही निर्माण - प्रत्यक माँ नेपाल आमा को ऋण चुकाउने
प्रण हुनु पर्छ ! सबै को सोच एकै हुँदैन तेस कारण म उनी हरु लाइ भन्न
चाहन्छु - की त टापू हुनु पर्छ - की त सागर हुनु पर्छ - बिच मा रहेर हुदैन
ठेगान , प्रत्यक मा सदभाव र एकता को बानी हुनु पर्छ ! युवा शक्ति लाई,
नारी शक्ति लाइ , यो आवाहन छ मेरो - शास्त्र हरु मा लेखेको छ अन्याय
गर्नु पाप हो , तर अन्याय सहनु महापाप हो तेस कारण की त कलम हुनु पर्छ -
की त फलम हुनु पर्छ - सलाम मा हुदैन केही निर्माण- प्रत्यक मा नेपाली हुने
स्वाभिमान हुनु पर्छ !

जय नेपाल जय मातृभूमि

युवा नेपाल संगठन (YNS)

राज छेत्री

म राज छेत्री एउटा एस्तो सदभाविक नेपाल को
स्वप्न देख्द छू जहा हामी सबै धर्म का मानिस मिली यस्तो किसिम को
दीपावली मनाउन सकौ जहा दीप त होस तर साथ को साथ अली पनी होस अर्थात
दीप + व् + अली = दीपावली ! ...
बल्ल हामी ले गर्व ले भन्न सक्छौ की यो दीपावली
... हो र तेस को साथ साथ यस्तो किसिम को रमजान को पर्व मनाउन सकौ जहा
मर्यादा पुरुषोत्तम राम को साथ साथ मुस्लिम भाई हरु को अजान होस अर्थात

राम + अजान = रमजान !
यदि मेरो यो स्वप्न सत्य भयो भने
मात्र तेस लाइ सम्पूर्ण सदभाव भन्न सकिन्छ ! ......."राज छेत्री

जय नेपाल जय मातृभूमि

ज समय यो छैन की म हिन्दू , म मुस्लिम , म...इसाई
, म यहूदी , म सिख ,भनेर आपस म लड़ने! आज त समय छ की हामी ले कुरान...बाट
के सीखन सकिन्छ , बाइबल बाट के सीखन सकिन्छ , गीता बाट के सीखन सकिन्छ ,बुद्द
बाट के सीखन सकिन्छ ,, मोहम्मद साहब, राम , इसा मसीह बाट के सीखन सकिन्छ
र मलाई बिस्वास छ सबै ग्रन्थ र महापुरुष हरु को अंतिम सार ...भनेको मानवता
, समानता ,,सदभावना ,अमन , शांति , अहिंसा , नै हुनेछ ! त आउनुस एक भई
अगी बढौ !
जय नेपाल जय मातृभूमि

युवा नेपाल संगठन (YNS)

युवा नेपाल संगठन (YNS) मा हजुर हरु को हार्दिक अभिनन्दन छ् । युवा नेपाल संगठन सब नेपाली दाजु भाई दिदी बहिनी आमा बुवा हरु लाइ एक युवा नेपाल एक स्वस्थ नेपाल एक समर्दिशिल नेपाल एक राष्ट्र भक्ती पूर्ण नेपाल र एक बिकास शिल नेपाल मा भागिदारी हुन को लागी आवहन गर्द...्छ।युवा नेपाल संगठन एक शान्तिसिल र एक बिकास शिल नेपाल को कल्पना गर्द्छ ।
हाम्रो चाहना छ् कि नेपाल लाइ यती बिकास शिल र सुन्दर शान्ति युक्त बनोस कि यो एसिया महादिप म एक सुन को सारी चम्कियोस र नेपाल लाइ यदी कहिले रुआ लाग्यो भने सम्पुर्ण एसिया को नाक बग्न थालोस सम्पुर्ण विश्व लाइ आछु आओस तेस कारण आऊनुस् बिकास को पाहिल बढाउ । युवा नेपाल संगठन (YNS) हजुर को निम्ती